मधुमल्ला/कोरोना भाइरसका कारण दैनिक ज्यालादारी काम गरी गुजारा चलाउने मोरङको मिक्लाजुङ गाउँपालिकाका ५० मजदुर घर परिवारलाई खाद्यान्न सामग्री विततरण गरिएको छ ।
लकडाउनको अवस्थामा काम नभएको अवस्थामा घरमा खानेकुरा अभाव नहोस् भन्ने उदेश्यले खाद्यान्न समाग्री वितरण गरिएको बताइएको छ । उनीहरूलाई ५ केजी चामल, चामल , दाल , साबुन, नुन, चिनी, चाउचाउ , माक्स वितरण गरिएको थियो । बुधबार साझा हस्पिटल प्रालिमार्फत सामग्री वितरण गरिएका थियो ।
साझा हस्पिटल प्रालि र स्थानीय सहयोगीहरू रेनुका निर्माण सेवा,किशोर श्रेष्ठ,राजु तामाङ, हरि पोख्रेल, बिरन उदास, प्रतिमा श्रेष्ठ, दिपक श्रेष्ठ, चन्दन साह (जिरे) लगायतको आर्थीक सहयोग संकलनमा उक्त सामग्री वितरण गरिएको साझा हस्पिटल प्रा.लि.का संचालक छत्र डाँगीले बताए ।
देशभर लकडाउन भएको र दैनिक ज्यला मजदुरी गरी गुजार चलाउनेहरूका लागि खाद्यान्न अभाव नहोस् भनी खाद्यान्न सामग्री वितरण गरिएको छत्र डाँगी बताउँछन् । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका-९ वडाध्यक्ष सोमनाथ अधिकारीको उपस्थिति रहेको थियो ।
                    
        
                                        
                                                                                                
        































