धरान । राष्ट्रिय युवा परिषद् जिल्ला सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेङले सरकारले बनाएको कोभिड १९ को आपतकालीन कोषमा एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्थापना भएको कोषमा एक महिनाको तलब दिने घोषणा गरेका हुन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै कोषमा तलब दिने घोषणा गरेका छन् । उनले लेखेका छन्, ‘नेपाल सरकारको आपत्कालीन कोषमा मैले राष्ट्रिय युवा परिषद्बाट लिँदै आएको सेवा, सुविधा तथा तलबभत्ताबाट एक महिना बराबरको रकम जम्मा गरी सहयोग गर्ने अनुरोध छ ।’