विराटनगर । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले कोभिड–१९(कोरोना भाइरस)का बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि उपकरणको माग राख्दा विराटनगरस्थित कोशि अस्पतालले स्पष्टिकरण सोधेको छ ।

आन्दोलनमा उत्रेका आधा दजन स्वास्थ्यकर्मीलाई अस्पतालले बिहिबार पत्र काटेर स्पष्टिकर सोधेको हो ।

अस्पतालका मेसु प्रमुख मन्जु यादवले पत्र काटेकी हुन् । चित बुझ्दो जवाफ नपठाई स्वास्थ्यकर्मीलाई प्रचलित एेन अनुसार कारबाही गर्ने चेतवनी पनि दिएको छ ।

कोशी अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु कोभिड–१९का शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिँदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै बुधबार आन्दोलनमा उत्रेका थिए ।
उनीहरुले बिरामीको उपचारमा खटिँदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अवस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका थिए ।