पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा हेल्प डेक्स संचालनमा आएको छ । कोराना भाइरस कोभिड १९ को संक्रमण विश्वभर महामारीको रुपमा फैलिएको बेला गाउँपालिकाले जोखिम कम गर्न उच्च सावधानी अपनाउँदै आएको छ । गाउँपालिकाले बजारमा माक्सको उत्पादन गरी निशुल्क बितरण गर्दै आएको छ ।

हेल्प डेक्समा स्थानीयहरु चेक जाँच गर्नको लागि आउँने गरेको स्वास्थ्यकर्मी सेमिक लावतीले बताए । सरिरको तापक्रम नाप्ने थर्मोगनको प्रयोगले सर्वसाधरणलाई चेक जाँच गर्दै आएको लावतीले बताए । त्यस्तै बजारमा उत्पादन गरिएको माक्स स्थानीयलाई निशुल्क बितरण गर्दै आएको समेत उनले जानकारी दिए ।

गाउँपालिकाले कुम्मायक १ मा रहेको स्थानीय अमृत आधारभूत विद्यालयलाई क्वारायन्टाइनको रुपमा प्रयोग गर्दै आएको छ । संक्रमणको संका लागेका नागरिकको चेक जाँचको लागि विद्यालयमा दश सैयाको क्वारेन्टाइन स्थापना गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ जानकारी दिए । गाउँपालिकामा हेल्प डेक्स, क्वारेन्टाइन संचालनमा ल्याएको छ ।

त्यस्तै १० हजार माक्स उत्पादन गरि गाउँपालिका र वडामार्फत निशुल्क बितरण गर्ने लक्ष्य राखेको छ । पहिलो चरणमा दुई हजार माक्स बितरण गर्ने र दोस्रो चरणमा ८ हजार माक्स बितरण गर्ने लक्ष्य लिएको अध्यक्ष चेम्जोङले जनाए । सरकारले लक डाउन गरेपछि गाउँपालिकामा चहल पहल र भिड्वाड हुन छाडेको छ । प्रहरीले बजारमा सवारी साधन संचालनमा ल्याउँने स्थानीयलाई नियन्त्रणमा लिएर घरमै बस्न निर्देशन दिएको छ ।