पथरी / कोरोना भाइरसको आशंकामा मोरङको कानेपोखरी गाउँपालिका–५ का एक दम्पती धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका छन् । चौधरी थरीका दम्पती अष्टेलियाबाट चैत्र ६ गते घर आएका थिए । उनीहरु दुवै जना स्वास्थकर्मी हुन । फ्रान्सबाट कतार हुर्दै नेपाल आएका १९ बर्षीय विद्यार्थीलाई नेपाल आए पछि कोरोना भाइरस संक्रमण भए पछि आफुहरु पनि भाइरस संक्रमणबाट बच्न आफै बुधबार प्रतिष्ठानको सम्पर्कमा आएका हुन ।

बैदेशीक रोजगारबाट घर आएकाहरुको तथ्याङ्क संकलन
बैदेशीक रोजगारबाट घर आएकाहरुको गाउँपालिकाले नाम संकलन गरी डाँटा तयार पारेको छ । वडा नं. ४ मा महादेव ऋषिदेव कतार, अजय चौधरी कतार, पुष्प गिरी भारत, दिपेन्द्र गिरी अफगानिस्थान, कृष्ण खड्का कतार र बेद कुमार दाहाल मलेसियाबाट आएका छन् । वडा नं. ५ मा सुकदेव चौधरी अष्टेलिया, कुमारी राधा गिरी अष्टेलिया र दिपेश धिमाल कतारबाट आएका छन् । त्यसैगरी वडा नं. ६ बाट मनलाल माझी भारत, वडा नं. ७ मा युवराज फुयल र सपन ढकाल भारतबाट, वडा नं. १ मा सौगात शिवा कतार, कमल चौधरी दुवई, पवन नेपाली, सुरेश वि.क र नायो विक भारतबाट आएका छन् । त्यसैगरी वडा नं. ३ मा शिवराज खतिवडा जापन, बलराम बराल साउदी, कमलध्वोज लिम्बु साउदी, नगेन्द्र सापकोटा भारतबाट आएको कानेपोखरी गाउँ स्वास्थ शाखाको तथ्याङ्कमा रहेको छ ।