कञ्चनपुर ।  भारतको दिल्लीबाट घर फर्किएकी डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ की खेमादेवी दमाईको परिवारलाई घर निकालाा गरिएकाे छ। खेमादेवीकी छोरी मिना दमाईको घर कञ्चनपरको बेलडाँडी गाउँपालिका २ बेलडाँडीमा थियो । ९ चैत्रसंगै भारतबाट फर्किएका खेमादेवीको परिवारसहित छोरी मिना र ज्वाई करन सहितका घर पुग्दाा मिनाका सासु ससुराले घर प्रवेश गर्न दिएनन् ।

 मिनाका ससुरा गोपाल दमाई र सासु पुनी दमाईले कोरना ल्याएको भन्दै घरबाट निकादिएको मिनाले बताइन  । भारतबाट मिनासंगै आएकी उनकी आमा खेमा देवी दमाई मिनाका माईती पक्ष पुरन दमाई, विनोद दमाई, लक्ष्मी दमाई राधिका दमाई प्रिति दमाई र २ बर्षिया बालिका कृतिका दमाईलाई घरबाट निकालिदिएको हो । 

 कोरना भाईरसको हल्ला चलेपछि सासुससुराले आफ्ना माईती पक्ष र आफुलाई घर छाड्न दवाव दिएका कारण बिहीबार पैदलै कञ्चनपुरको बेलडाँडी घरबाट जान खोज्दा प्रहरीले उनीलाई जान नदिएको उनले बताईन् ।  गाउँपालिका प्रमुख धन बहादुर थापाले भारतबाट आएर अलपत्र परेका उनीहरुलाई रौलेश्वर बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईनमा राख्न खोज्दा केही आफुलाई अधिकारकर्मी बताउने व्यक्तिले क्वारेटाईनमा राख्न नदिएपछि गाउँपालिका कार्यालयमै राखिएको बताए । गाउँपालिका प्रमुख थापाले सबैको स्वाथ्य परीक्षण गरेको बताउदै उनीहरुको घरसम्म पु¥याउने पहल भईरहेको बताए ।