विसं २०७६ चैत १६। आइतवार। इस २०२० मार्च २९। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। पञ्चमी, २२स्३० उप्रान्त षष्ठी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः पढाइ लेखाइतिर भन्दा भ्रमणतिर मन जानेछ । व्यापार व्यवसायबाट भने नोक्सान हुने देखिन्न । शरिर केहि आलश्य होला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय सामान्य खालको छ । रचनात्मक कामप्रति खासै मन जाने देखिन्न । अरुले गरेका काममा सहभागी हुनु पर्नेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः पढाइ लेखाइको लागि उपयुक्त समय मान्न सकिन्छ । यतिबेला शैक्षिक यात्रा तथा व्यापार व्यवसाय दुवै लाभदायक छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः शरिर केहि आलश्य होला । नया“ योजनाको कार्य गर्नेतिर मन जाने देखिन्न । विचार पु¥याएर आफ्नो कार्य अगाडी बढाउनु होला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः शारीकि स्फूर्ति आउने छ । आर्थिक कारोवारको लागि राम्रो समय आएको छ । अन्न बस्त्र आदि उपहार प्राप्त होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः खानपिन परिकार प्राप्त होलान् । सामाजिक सभा समारोहमा उपस्थित हुनुपर्ला । निर्माणजन्य व्यवसायबाट लाभ लिन सकिन्छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः समय सामान्य खालको छ । मन खिन्न होला । शरिर केहि आलश्य होला, आर्थिक पक्ष भने सुदृढ रहला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः आज खासै भरपर्दाे समय छैन । सामान्य कुरामा पनि विवादमा परिएला, बोल्दा बडो विचार पु¥याएर मात्रै बोल्नु भए वेश होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः खानपिनका परिकार प्राप्त होलान् । मिष्ठान्न बस्त्र आदि उपहार प्राप्त हुने सम्भावना छ, मन प्रसन्न रहला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः गरेका कार्यमा सफलता मिल्नेछ । विभिन्न घरायसि सामान किनमेलमा समय बित्नेछ, भ्रमणको लागि उपयुक्त समय मान्न सकिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः देवालय मठमन्दिर आदिको दर्शन भ्रमणको समय छ । समय अनुसार आफूलाई पनि ढाल्न सक्नु पर्ने बेला आएको छ । विचार गर्नु ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः अनावश्यक कामको विवादमा परिएला । बोल्दा बडो सजगता अपनाउनु होला । शत्रुदेखि हरबखत सजग रहनु होला ।