विसं २०७६ चैत १९। बुधवार। इस २०२० अप्रिल १। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। अष्टमी, २१स्१७ उप्रान्त नवमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय सामान्य खालको छ । सरकारी निकायबाट व्यर्थैको आरोप आइलाग्न सक्छ । आर्थिक कामबारोबारमा ठूलो घाटा आइलाग्ला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मन चञ्चल हुनेछ । अचानक धन द्रव्य लाभको प्रवल संभावना छ । व्यवहारिक समस्यबाट मुक्त भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समाजमा उचित प्रतिष्ठा पाउने खोजीमा समय बित्ला । परिवार एवं इष्टमित्रबाट विशेष सहयोग मिल्ला । ठूलो कुराको अपेक्षा नराख्नु होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः समय राम्रो छ । उद्योग व्यापार वा दैनिक पेशा व्यवसायमा सन्तोषजनक प्रगति होला । विशिष्ट व्यक्ति वा प्रिय व्यक्तिलाई स्वागत सत्कार गर्न पाइएला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः झगडा तथा कुनै वादविवादमा परिएला । बोल्दा बडो संयमित भै बोल्नु होला । अनावश्यक कामको लागि दिभर खटिनु पर्ला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) ः धनमाल चोरीने वा हराउने भय होला । पठन पाठन तथा लेखन कार्यमा खासै रुचि नजाला । मनमा निराशा र शरिर आलश्य होला ।
तुला (रा,रि,रू,रे,रो,ता,ती,तु,ते)ः मिश्रित फल मिल्ने समय छ । नोकरीमा प्रवेश पाउने प्रवल संभावना छ । आफ्नो क्ष्ँमताले भ्याएसम्मको प्रयास जारी राख्नु होला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू) ः समय मध्यम खालको छ । आर्थिक समस्याले संकटको रुप लिन सक्छ । घरपरिवारबाटै अपमानित भई निराश हुनुपर्ला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः मान प्रतिष्ठा र सामाजिक मर्यादामा बृद्धि होला । विशिष्ट व्यक्ति वा अभिभावकबाट प्राप्त सहयोगले महत्वपूर्ण काममा सहयोग पुग्ला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः घरपरिवारमा झैझमेला वा वादविवाद भई पारिवारीक वातावरण विग्रिएला । नचिताएको काममा अनावश्यक धन खर्च भई मनमा चिन्ता होला ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः शारिरीक ताथ मानसिक सन्तुष्टि प्राप्त होला । एउटा न एउटा कामको समस्या बनि रहनेछ । धैर्य भई कार्य गर्नु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः समय राम्रो छ । लामो समयदेखि प्रतिक्षा गरेको काम सम्पन्न होला । आफन्त तथा साथीभाईहरुबाट पनि यथायोग्य सहयोग प्राप्त हुने छ ।