पाँचथर/पाँचथरका व्यवसायी तथा राजनीतिकर्मी मित्र प्रसाद काफ्लेले कोरोना बिशेष उपचार कोषमा पाँच लाख एक हजार रुपैंयाँ रकम जम्मा गरेका छन् ।

नेपाली कांग्रेस पाँचथरका उपसभापति तथा पाँचथर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष काफ्लेले मंगलबार रकम सहयोग गरेका हुन् । काफ्लेले आफ्नो छोरा राजन काफ्ले प्रोप्राइटर रहेको जयअम्बे सप्लायर्सको नामबाट कोषमा रकम जम्मा गरेका हुन् । काफ्लेले कोषमा रकम जम्मा गरेको रकमको भौचर मंगलबार प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईंलाई हस्तान्तरण गरे ।

बिपत्तिको बेलामा राज्यलाई सहयोग गर्नु कर्तब्य ठानि रकम जम्मा गरेको काफ्लेले बताए । भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरागाईंले कोरोना बिरुद्धको अभियानमा सहयोग पु¥याउने काफ्लेलाई धन्यवाद दिए ।