धनकुटा/विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले आव्हान गरेको लकडाउनका कारण तमोर कोरिडोरमा कार्यरत अलपत्र परेका ४५ जना मजदुरको उद्धार गरिएको छ ।

धनकुटा, पा“चथर र सुनसरी जिल्ला जोड्ने तमोर कोरिडरका विभिन्न स्थानमा सडक निर्माणका लागी मजदुरहरु खटिदै आएका थिए । पछिल्लो समयमा अस्वभाविक परिस्थिको कारण उनीहरुको दैनिक मजदुरीको काम रोकिएपछि मजदुरहरु अलपत्र परेका थिए ।

त्यहाँ कार्यरत रहेको कम्पनी रौता सन्तोषी जेवी कन्ट्रक्सन मार्फत धनकुटाको मुलघाट स्थित् लावरबोटेदेखि पाँस्थर र धनकुटाको सिमना नावा खोलासम्मको सडक निर्माणमा रहेका ४५ मजदुरलाई जिल्ला प्रशासन कार्यालय तथा चौबिसे गाउ“पालिकाको पहलमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले वताएका छन् । उद्धार गरिएका मजदुरहरु सिन्धुली, दोलखा, इलाम, पाँचथर, धनकुटा, गोर्खा, सिन्धुपाल्चोक लगायतका रहेका छन् ।

सुनसरीको चतरामा रहेका ३० मजदुर भने अझै सोहि स्थानमा रहेको त्यहाँ कार्यरत सुपरभाइजर उदय कार्कीले वताएका छन् । कतिपय पैदल हिडेरै घरतर्फ फर्किएको कार्कीको भनाई छ । शर्मा एन्ड कम्पनी कन्ट्रक्सन मार्फत सुनसरीको चतरास्थित बराहा क्षेत्रको १६ किलोमीटर क्षेत्रफलमा निर्माणाधिन सडकमा ति मजदुर रहेका छन् ।

सुपरभाइजर कार्कीका अनुसार बा“के, रामेछाप, नवलपरासी, भैरहवा, उदयपुर सप्तरी लगायत जिल्लाका मजदुर त्याहाँ कार्यरत रहेका छन् । यसरी अपलत्र परेकालाई सम्बन्धित निर्माण कम्पनिले प्रशासनमा जानकारी गराएमा उद्धार गर्न सकिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विमलीले बताए ।