विसं २०७६ चैत २०। बिहीवार। इस २०२० अप्रिल २। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। नवमी, २१ः१४ उप्रान्त दशमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । कष्टपूर्ण यात्रामा जान बाध्य भइएला । प्रेममा धोका भए मन खिन्न होला । काम गर्ने जा“गर हराएर जाला ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः आफन्तसंग वादविवाद भई अपमानित हुनुपर्ला । स्वास्थ्यमा गडबडी होला । हातहतियारको प्रयोग गर्दा सावधान रहनुभए बेश होला ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय त्यति राम्रो छैन । परिवारको विषयमा अनावश्यक तनाब सहनु पर्ला । नचिताएको काममा पनि ठूलै धनराशि खर्च होला ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः सरकारी पक्षबाट विशेष मानसम्मान मिल्ला । यात्राको लागि उपयुक्त समय मान्न सकिन्छ । कुनै सांस्कृतिक कार्यक्रममा सहभागी भइएला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)ः आय आर्जनको क्षेत्र फराकिलो भएर जानेछ । पठन पाठनमा सुधार होला । आफन्तको स्वास्थ्योपचारमा पैशा खर्च होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)ः समय राम्रो छ । भाग्योदय हुने योग छ । अन्न बस्त्र रत्न वा बहुमूल्य बस्तुको व्यवसायबाट बढी लाभ मिल्ने देखिन्छ ।
तुला (रा,रि,रु,रे,रो,ता,ती,तु,ते)ः समय मध्यम खालको छ । स्वास्थ्य समस्याले सताउन सक्छ । गरेका काममा बाधा उत्पन्न होला । यात्रा सन्तोष जनक रहला ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यू)ः काम एवं आम्दानीमा सुधार आउनेछ । पैतृक सम्पत्ति प्राप्त हुने संभावना छ । यात्राको लागि त्यति उपयुक्त देखिदैन ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । व्यवहारिक तथा प्राविधिक ज्ञान सिक्ने अवसर मिल्नेछ । छोटो तथा महत्वपूर्ण यात्रा होला ।
मकर (भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी)ः महिला दिदी बहिनीको सहयोगले अप्ठ्यारोमा अड्केको काममा सफलता प्राप्त होला । बैदेशिक यात्राको अवसर नआउला भन्न सकिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः नचिताएको काममा ठूलो परिणाम धन खर्च भई आर्थिक संकट नआउला भन्न सकिन्न । काम गर्ने जोश जांगरमा कमी आउनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,च,ची)ः समय त्यति राम्रो छैन । स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ । सरकारी पक्षबाट तपाईको दिन विपरीत निर्णय आउला ।