विराटनगर । दुईजना निको भएकै दिन शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगरका व्यक्ति भएको खुलेको छ । विराटनगर १७ का ६५ वर्षीय व्यक्तिबारे शंका लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हाे। शुक्रबार कोरोना पुष्टि भएका १२ जनासँगै बसेका ४ जनामध्येका थप १ जनामा कोरोना पुष्टि बताइएकाे छ । उदयपुरको त्रियुगा स्थित मस्जिदमा रहेका ११ भारतीय र १ नेपालीमा शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । मस्जिदमै रहेका तीन नेपाली र एक भारतीयको नतिजा नेगेटिभ देखिए पनि उनीहरुलाई टाँडी स्थित क्वारेन्टाइनमा पठाइएको थियो । भारतीय धर्मगुरुसँगै गएका विराटनगरका चार जनामध्ये २ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
विराटनगरका एकमा काेराेना देखियाे, संक्रमितको संख्या ३१ पुगाे
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































