भद्रपुर । कोभिड १९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि झापा जिल्ला अदालतले २ लाख ९८ हजार ३ सय ७८ रुपैयाँ रकम कोषमा दाखिला गरेको छ ।
अदालतमा कार्यरत न्यायाधीशदेखि तल्लो तहका कर्मचारीले कोरोना सङ्क्रमण राहत कोषमा रकम जम्मा गरिएको हो । न्यायाधीशहरूको ७ दिन, श्रेस्तेदार र शाखा अधिकृतको ५ दिन र अन्य कर्मचारीहरूको ३ दिनको तलव रकम राहत कोषमा दाखिला गरिएको अदालतका स्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए । विश्वभर फैलिरहेको माहमारीले नेपालमा पनि सङ्कट ल्याउने कुरालाई मध्यनजर गरी रकम सहयोग गरिएको उनले जनाए ।