धरान । सरकारले शैक्षिक संस्थालाई अन्तिम समयमा खोल्ने भएको छ । अन्य क्षेत्रमा भन्दा विद्यालय क्षेत्रमा बढी भीडभाड रहने भएकाले सरकारले लकडाउन खोले पनि विद्यालय अन्तिम समयमा मात्रै खोल्ने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरेलले शैक्षिक कार्यक्रम र योजना मन्त्रिपरिषद्ले गर्ने निर्णयका आधारमा तय हुने बताए । उनले शिक्षा पत्रकार समूहले शनिबार गरेको भर्चुअल पत्रकार भेटघाटमा उनले भने, ‘शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि (आइतबार) सुझाव प्रतिवेदन बुझाउँदै छ । त्यहीँ आधारमा तय हुन्छ ।’
उनले उनले विपद्को समयमा परीक्षाको सट्टा आन्तरिक मूल्याङ्क र अरू विधिबाट कक्षान्नति गर्न सकिने विकल्प रहेको उनले बताए । तर, कक्षा १२ को परीक्षा भने विद्यालय तहको अन्तिम परीक्षा भएकाले उक्त परीक्षा गर्नैपर्ने भनाइ छ । स्थिति सामान्य भएको अवस्थामा तेस्रो साताबाट परीक्षा सञ्चालन गर्न सकिने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । मन्त्री पोखरेलले जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर पनि शैक्षिक सत्रलाई कायमै राखिने बताए ।