धरान । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालगञ्ज–८ निबासी ३ पुरुष र ४ महिला रहेका छन् । जसमध्ये २२, ३० र ४० वर्षका पुरुष छन् भने ९, ३२, ३९ र ५५ वर्षका महिला छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । नेपालमा प्रदेश १ को उदयपुरको भुल्के र सुदूरपश्चिम प्रदेशको नेपालगञ्ज कोरोनाको हटस्पट बनेको छ ।

हालसम्म उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपालमा हालसम्म १५ जनाको उपचारपछि निको भएर घर फर्किएका छन् । अन्यको उपचार जारी छ ।