श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार २५ गते बिहीबार, ९ जुलाई २०२० । श्रावण कृष्णपक्षको चतुुर्थी तिथि १०ः७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र शतभिषा २७ः४९ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः१६ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रोकिएका कामकाजहरू बन्नेछन् । रमाइलोमा दिन बित्ला । शुभसमाचार सुन्नु पर्ला । यात्रा सफल हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्वपूर्ण अवसर गुम्ने देखिन्छ । आफूलाई कमजोर भएको अनुभूति होला । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक कार्यमा मन जाला । प्रतिष्ठित व्यक्तिबाट सल्लाह पाइएला । छोटो तर कष्टकर यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिष्ठान्न भोजनको योग छ । नयाँ कार्यको थालनी होला । परिवारका सदस्यहरूमा खुसीयाली छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नकारात्मक कुराले मन लोभ्याउला । सामाजिक प्रतिष्ठा बढेर जानेछ । काम गर्ने जा“गर बढ्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरीतलिङ्गीको सहयोगले नयाँ कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति होला । समय राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथि सेवाको अवसर जुट्नेछ । चिताएका कामले तीव्रता पाउनेछ । पठन–पाठनमा ध्यान दिनु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभसमाचार सुन्नु पर्ला । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । खानपिनमा विशेष विचार पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ । विलासी वस्तुमा खर्च बढ्ला । प्रेममा प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिष्ठान्न भोजनको योग छ । नया“ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्यमा सुधार आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा माङ्गलिक कार्यको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आत्मबल बढाएर काम गर्नु होला । परिवारमा अपजस खेप्नु पर्नेछ । सामाजिक कार्यप्रति रुचि बढ्नेछ ।