श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ३१ गते बुधबार, १५ जुलाई २०२० । श्रावण कृष्णपक्षको दशमी तिथि २३ः५२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र भरणी १६ः०२ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः२० र सूर्यास्त ७ः०० बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । नियमित खर्चसमेत बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ । दिन राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समाजसेवामा मन लाग्नेछ । नयाँ कामको योजना बढ्नेछ । बोलीको प्रभावले कार्य सफल पारिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक कार्यमा मन जानेछ । धार्मिक कार्यमा अभिरुचि बढ्नेछ । आँटेको काममा ढिलासुस्ती हुने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महŒवपूर्ण कार्यको योजना बन्नेछ । परिश्रमबाट उपलब्धि मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रामा कठिनाइ आइपर्ला । स्वास्थ्यमा प्रतिकूल असर देखा पर्नेछ । काममा ढिला सुस्ती हुने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेममा सफलता मिल्नेछ । नयाँ ठाउँमा जाने योग छ । आज दिनभर मन चञ्चल रहला । बोल्दा विचार गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवादमा फस्न सकिनेछ । बनाएका योजनाहरूमा सोचेअनुरूप सफलता नमिल्ला । मित्रजनस“ग भेट हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पढाइमा मन जानेछ । लेखन क्षेत्रमा अभिरुचि बढ्नेछ । आफन्तजनबाट मान, सम्मान प्राप्तिको योग परेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका योजनाहरू पुनः सुचारु हुनेछन् । आर्थिक कारोबारमा सफलता मिल्ला । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज पारिवारिक जमघटमा समय बित्नेछ । खेतीपातीको कार्यबाट सफलता पाइनेछ । शैक्षिक विकास होला ।