पथरी(ब्लाष्ट) मोरङको पथरीशनिश्चरे–१, स्थित सुनाखरी चोकमा रहेको सुनाखरी माध्यमिक विद्यालयमा ई–लाइब्रेरी सेवा सुरु भएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले ई–लाइबेरी सहितको लाइब्रेरी शुक्रबार सुरु भएको हो । कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य चण्डीप्रसाद राई, विशेष अतिथि मेयर दिलिपकुमार राई र प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको सल्लाहकार राम कुमार बस्नेतले उद्धघाटन गरेका थिए ।
विद्यालयमा छ वटा डेस्टप कम्प्युटरमा ईन्टरनेट जोडेर ई–लाइब्रेरी र कक्षा १० सम्मको पाठ्य सामाग्री रहेको विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष प्रदिपकुमार राईले बताए । विद्यालय बाहेक अर्थशास्त्र, विज्ञान, राजनीति, साहित्य, कृषि लगायतको करिव सात सय पुस्तकहरु रहेको छ ।
बिद्यार्थी बाहेक पढ्न चाहने पाठकहरुको लागि पढ्ने वानीको बिकास होस भन्ने उदेश्यले ई–लाइब्रेरी सहितको विभिन्न प्रकारको पुस्तक राखिएको विद्यालयको प्रधानाध्यापक केशबप्रसाद शर्माले बताए ।
लाइबेरि निर्माणको लागि पथरीशनिश्चरे नगरपालिकाको सहयोग रहेको छ । प्रदेश १ मुख्यमन्त्रीको सल्लाहकार बस्नेतले बिद्यालयलाई सहयोग जुटाउने प्रतिवद्धता ब्यक्त गरे । नगर प्रमुख दिलिपकुमार राईले २७ बर्ष अघि सखुवाको बोक्राको बेराबाट सुरु भएको स्कुल ई–लाईबे्ररीसम्म आईपुग्नु खुसीको कुरा भएको बताए ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष प्रदिपकुमार राईले सुनाखरी स्कुलमा ढुक्क भएर सुनाखरी बिद्यालयमा बिद्यार्थी पठाउन आग्रह गरे । करिव पाँच बिगाहा जग्गा भएको सुनाखरी माबिको पक्की भवन छ भने कम्पाउण्ड घेराबारा भइसकेको छ । बिद्यालयको शैक्षिक गुणस्तर बिकासहुँदै गएपनि आम अभिवाबकले विस्वास नगरेको कारण अत्यान्तै निम्न वर्गका समुदायले मात्र छोराछोरी विद्यालय पठाउने गरेका छन ।
करिa तीन सय विद्यार्थी रहेको सुनाखरीमा माविमा अधारभूत तहको नौ जना मात्र शिक्षक रहेको छ । तीन जना पथरीशनिश्चरे नगरपालिका सहितको निजी शिक्षक राखिएको छ । सरकारी बिद्यालयमा ६,७,८ मा चार र ९,१० कक्षाको लागि चार जनाको शिक्षक दरबन्दी हुनुपर्नेमा सुनाखरीमा शिक्षक कोटा अत्यन्तै कम रहेको छ ।
प्रदिपकुमार राई लगायतको सहयोगमा १६ वटा कम्युटर राखेर १० बर्ष अघिदेखि कम्पुटर सम्बन्धि शिक्षा दिदै आएका छन । विद्यालयमा १५ लाखको अक्षकोष समेत खडा भएको छ । गुणस्तरीय शिक्षा प्रदानको लागि सुनाखरी स्कुलको हरेक कक्षा कोठामा सीसी क्यामेरा समेत जडानको लागि पहल भइरहेको अध्यक्ष राई बताउँछन् ।
पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ ले नगरका शिक्षक, निजामती, जनप्रतिनिधि लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीका छोराछोरी लगायत सन्तान अनिवार्य सरकारी बिद्यालयमा पढाउनु पर्ने नीति पास भएको छ । “नगरको ईच्छा, प्रभावकारी निःशुल्क शिक्षा“ भन्ने नारा सहित जनप्रतिनिधि र कर्मचारीले अनिवार्य सरकारी बिद्यालयमा पढाउनु पर्ने नीति तथा कार्यक्रम पास भएको हो । नगरपालिकाले यो नीति लागू गरेमा हरेक सरकारी बिद्यालयको शैशिक स्तर उक्सिने अनुमान गरिएको छ ।