श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन ९ गते शुक्रबार, २४ जुलाई २०२० । श्रावण शुक्लपक्षको चतुर्थी तिथि १६ः२६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वफाल्गुनी १८ः४१ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि कर्कट सिंह, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः५६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
विद्या र बुद्धिको विकास हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) समय मध्यम्खालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । यात्रामा सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य–व्यवसायमा बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । शिर तथा नसासम्बन्धी समस्या होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । दाजुभाइ तथा मित्रजनको सहयोग प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । शरीर अस्वस्थ रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक काममा रुचि बढ्ने छ । अचल सम्पत्ति हात पर्ने योग छ । लाभदायी यात्रा होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचारले मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यम्खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झट आइपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । छोटो दूरीको लाभदायी यात्रा हुनेछ ।