श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २८ गते बुधबार, १२ अगष्ट २०२० । भाद्र कृष्णपक्षको अष्टमी तिथि ०८ः०५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र कृतिका २३ः१७ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः४३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ । सानो कार्यबाट विशेष धन आर्जन गर्न सकिएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मित्रमिलनको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरा कामकाजहरू सुचारु हुनेछन् । पारिवारिक जीवनमा खुसीयाली छाउला । मित्र जनको सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । काम गर्ने जाँगर र हिम्मत बढ्नेछ । नयाँ कामको शुभारम्भ गर्ने अवसर मिल्ला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । मन मिल्ने साथीको सहयोग प्राप्त भइरहला । जटिल ठानिएको कार्य सहजै सम्पन्न होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभ कार्यको चर्चा चल्नेछ । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।