श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ६ गते शनिबार, २२ अगष्ट २०२० । भाद्र शुक्लपक्षको चतुर्थी तिथि २३ः४४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हम्स्त २३ः४३ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वौद्धिक काममा सफलता मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा क्रान्ती र मनमा शान्ति छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
विपरित लि·ीप्रति आकर्षण बढ्नेछ । आफूले नचाहदा नचाहदै अरुको मन जित्न सफल भइएला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय मध्यमखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । सरकारी क्षेत्रमा प्रमुख जमाउन सकिएला । मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । शरिर अस्वस्थ्य रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु होलान् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक सभा सम्मेलनमा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइहरुको साथ र समर्थन प्राप्त भइरहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।