श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ७ गते आइतबार, २३ अगष्ट २०२० । भाद्र शुक्लपक्षको पञ्चमी तिथि २१ः१७ बजेसम्म, उप्रान्त पष्ठी नक्षत्र चित्रा २२ः०३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३२ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कार्यको शुभारम्भ हुनेछ । सेवामूलक कार्यमा संलग्न भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिलाबाट विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । नयाँ कामको शुभारम्भ हुनेछ । शुभ समाचारले मन प्रसन्न रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला । शरीर अस्वस्थ रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक स्थिति राम्रै रहला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइनेछ । मन प्रसन्न रहला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । दाम्पत्य जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छोटो दूरीको लाभदायी यात्रामा संलग्न भइएला । पारिवारिक सुख–शान्ति कायमै रहला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम्खालको छ । चोटपटक तथा दुर्घटनाको भय रहला । सवारी साधनको प्रयोग मा सावधान रहनु पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहनेछ ।