श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ८ गते सोमबार, २४ अगष्ट २०२० । भाद्र शुक्लपक्षको षष्ठी तिथि १८ः५१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती २०ः२४ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः३९ र सूर्यास्त ६ः३१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउ“मा ठूलै धनराशि खर्च होला । जिद्दीपनले काम बिग्रेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धर्म–कर्म तथा समाजसेवामा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभ कार्यको चर्चा चल्नेछ । आ“टे ताकेको काम समयमै पूरा हुनेछ । नपत्याएका व्यक्तिहरूबाट सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सानो प्रयासबाट ठूलै उपलब्धि हासिल होला । मित्र मिलनको योग देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइको सहयोग प्राप्त भइरहला । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । मातृपक्ष्ँको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक, सामाजिक तथा न्यायिक क्षेत्रमा सफलता मिल्ला । अचल सम्पत्ति हातपर्ने योग छ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । धन प्राप्तिका लागि निकै सङ्घर्ष गर्नुपर्ला । विश्वासपात्रबाट धोका हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । रमाइलो वातावरणमा दिन बित्ला ।