श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ९ गते मङ्गलबार, २५ अगष्ट २०२० । भाद्र शुक्लपक्षको सप्तमी तिथि १६ः३० बजेसम्म, उप्रान्त अष्ठमी, नक्षत्र विशाखा १८ः५२ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः४० र सूर्यास्त ६ः३० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरूको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारू हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारू हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । राष्ट्रको हितमा काम गर्ने अवसर मिल्ला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नया“ रोजगारीको अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ । अनावश्यक कामको झमेलामा फसिएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।