श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १० गते बुधबार, २६ अगष्ट २०२० । भाद्र शुक्लपक्षको अष्टमी तिथि १४ः२१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अनुराधा १७ः३० बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः४० र सूर्यास्त ६ः२९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । छोटो तर लाभदायी यात्रा हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मनमा शान्ति छाउनेछ । आफूले सोचेअनुसारको काम बन्नेछ । आफन्तजनको सहयोग मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । हतियारको प्रयोगमा सावधान रहनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा हर्ष, उम· र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ । रमणीय स्थानको भ्रमण गर्नेअवसर मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभकार्यको चर्चा चल्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सानो प्रयासबाट ठूलै उपलब्धि हासिल होला । मित्रमिलनको योग देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । बोल्दा अलि विचार पुर्याउनु होला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलगन भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका मार्ग प्रशस्त हुनेछन् । सानो कामबाट पनि ठूलै उपलब्धि हासिल गर्न सफल भइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । कार्य सम्पादनमा सफलता मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभकार्यको चर्चा चल्नेछ ।