श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ ११ गते बिहीबार, २७ अगष्ट २०२० । भाद्र शुक्लपक्षको नवमी तिथि १२ः२७ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र ज्येष्ठा १६ः२४ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः४० र सूर्यास्त ६ः२७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । साथ र समर्थन प्राप्त भइरहला । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यको चर्चा चल्नेछ । महिला मित्रबाट विशेष सहयोग प्राप्त भइरहला । रमणीय स्थानको भ्रमण होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय मध्यम्खालको छ । कार्य क्षेत्रमा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका नहोला भन्न सकिन्न ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । वैदेशिक यात्राको अवसर आउनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्य–व्यवसायमा सफल भइएला । सामाजिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । पारिवारिक सद्भाव रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्यखालको छ । अनावश्यक ठाउ“मा धन खर्च हुनेछ । बन्न लागेको काममा बाधा आइपर्न सक्छ ।