श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १२ गते शुक्रबार, २८ अगष्ट २०२० । भाद्र शुक्लपक्षको दशमी तिथि १०ः५१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मूल १५ः३९ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः४१ र सूर्यास्त ६ः२७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपारिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवाको अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
मन प्रसन्न रहला । शत्रुमाथि विजय प्राप्त गर्न सकिएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय होला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपार्इंको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनका इच्छा र आकाङ्क्षा पूरा हुनेछन् । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । आम्दानीका स्रोत पत्ता लाग्लान् ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभकार्यको चर्चा चल्नेछ । कला तथा साहित्यमा मन जानेछ । दाम्पत्य जीवन सुखमय वातावरण बित्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । एउटै कामबाट दोहोरो लाभ हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
गरेको काममा ढिलासुस्ती हुनेछ । दबाव र तनाव बढेको महसुस हुनेछ । अनावश्यक कामको झन्झट आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । धर्म–कर्म तथा समाज सेवामा सक्रिय भइनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै क्षमतामा विभिन्न कामकाजहरू सम्पन्न हुनेछन् । रमाइलोमा दिन बित्ला ।