श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १४ गते आइतबार, ३० अगष्ट २०२० । भाद्र शुक्लपक्षको द्वादशी तिथि ०८ः५४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र उत्तराषाढा १५ः२१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२५ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न भइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । सरकारी निकायबाट सम्मान मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । व्यापार–व्यवसायमा सोचेअनुसारको उपलब्धि नहोला । विश्वासपात्रबाट धोका मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्चस्थान रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक सभा, सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला । आर्थिक पक्ष सबल बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।