श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १५ गते सोमबार, ३१ अगष्ट २०२० । भाद्र शुक्लपक्षको त्रयोदशी तिथि ८ः३८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण १५ः५५ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मनमा हर्ष, उम· र उत्साह छाउला । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो सफलता मिल्नेछ । फलदायी भ्रमण होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलनको योग छ । आर्थिक क्षेत्रमा सक्षम भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
लगनशीलताले कामकाजहरू अगाडि बढ्नेछन् । वैदेशिक तथा राजनैतिक क्षेत्रमा सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । अनावश्यक आरोप आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेको काम पूरा हुनेछ । साथीभाइहरूको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरहरू प्राप्त हुनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक सङ्कटको सामना गर्नुपर्ला । विश्वास पात्रबाट धोका हुनेछ । अनावश्यक कामको झण्झटमा फसिएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारू हुनेछन् । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । सानो कामबाट ठूलै उपलब्धि हासिल होला । लाभदायी यात्रामा सरिक भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शिर तथा नसासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । शुभसमाचार सुन्न पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । मन प्रसन्न रहला ।