श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ १६ गते मङ्गलबार, ०१ सेप्टेम्बर २०२० । भाद्र शुक्लपक्षको चतुर्दशी तिथि ०८:५३ बजेसम्म, उप्रान्त पूर्णीमा, नक्षत्र धनिष्ठा १६:५९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५:४३ र सूर्यास्त ६:२३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । कार्य व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । पारिवारिक जीवनमा खुसी छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । सामाजीक कार्यक्रममा संलग्न भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायादिको व्यापार व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । सानो कामबाट ठुलै उपलब्धी हांसील होला । नपत्याएका व्यक्तिहरुबाट सहयोग मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरिर अश्वस्थ रहला । बन्न लागेको काममा विध्नबाधा आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आंटेताकेको कार्य पुरा हुनेछ । नजिकको व्यक्तिबाट उचि सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । मित्र मिलनको योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ ।पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सेवा मुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न रहला ।