श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २१ गते आइतबार, ६ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको चतुर्थी तिथि १६ः२७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्विनी २३ः५१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
काममा अपजस खेप्नुपर्ला । आर्थिक पक्ष भने राम्रै देखिन्छ । समग्रमा आजको दिन सामान्य छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आधुनिक शिक्षाका विषयमा रुचि बढ्ला । दैनिक कामलाई सरल र सहज बनाउनु होला । स्वास्थ्यमा समस्या आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
पेटसम्बन्धी समस्या देखा पर्नसक्छ । खानपिनमा विशेष विचार पुर्याउनु होला । प्रेमपक्षमा सुधार होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिनको पूवाद्र्धभन्दा उत्तराद्र्ध कष्टप्रद देखिन्छ । नयाँ–नयाँ विषयमा रुचि बढ्नेछ । पारिवारिक सुख प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य सुखमा रमाउने समय आएको छ । छोटो तथा रमाइलो यात्रा होला । मिष्ठान्न भोजनको योग देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्त्री जातिसँगका सहकार्यमा गरिएका कामकाज सफल भएर जानेछन् । नयाँ व्यवसायमा लगानीको चर्चा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक स्फूर्ति बढेर जाला । नया“ कामको थालनी हुनेछ । विपरीत वर्गको सहयोगले नयाँ कार्य हुनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो क्षेत्रमा क्रियाशील रहनु होला । दैनिक कार्यमा प्रगति हुनेछ । आँटेका ताकेका कुराकाज पूरा होलान् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
टाढाका मित्रस“ग कुराकानी हुनेछ । रोकिएका कामहरू सुचारु हुनेछन् । दाम्यत्य जीवनमा केही खटपट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शारीरिक समस्या देखा पर्ला । मन अशान्त रहला । विचार पुर्याएर मात्र नयाँ काम थाल्नु उचित होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यर्थैमा अपजस खेप्नुपर्ला । विद्यार्थी तथा अध्ययनशील व्यक्तिहरूका लागि आजको दिन उत्तमखालको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पशु–चौपायाबाट राम्रै मुनाफा आउला । दुग्धजन्य व्यवसाय पनि राम्रै देखिन्छ । दिन उत्तमखालको छ ।