श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २२ गते सोमबार, ७ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको पञ्चमी तिथि १८ः२८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र भरणी (२४ः०० बजेसम्म) अहोरात्र, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पारिवारिक भेटघाट हुनेछ । घरमा माङ्गलिक कार्य हुनेछ । आफ्नो क्षमतालाई प्रदर्शन गरी कार्य गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सबै कार्यमा सफल भए पनि स्वास्थ्यमा समस्या देखापर्ला । आत्मानुशासित भई कार्य गरे अवश्य सफल भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
नयाँ विषयमा रुचि बढेर जाला । नया“ विषयवस्तु बारे जानकारी प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जाँगर देखाएर काम गर्नु होला । जोखिमयुक्त कार्यमा सजग रहनु होला । चोटपटकको भय देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्यसम्बन्धी रूचि झनै बढेर जानेछ । नयाँ काममा लगानी नगरेकै राम्रो होला । विवादमा फस्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारीरिक आलश्यता बढेर जाला । नया“ क्षेत्रको कामले पीडा दिने देखिन्छ । अध्ययनका क्षेत्रमा भने प्रगति होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनात्मक कार्यक्रमा सहभागी भइएला । फलदायी यात्रा होला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिना कारण नजिकका मित्रहरू रूष्ट होलान् । विवाद हुन सक्ने देखिन्छ । बोल्दा विचार पु¥याउनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मन खिन्न रहला । पारिवारिक समस्या तथा खर्च बढेर जाला । परिवारजनबाट टाढा भएकाहरूलाई त्यति राम्रो छैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नसोचेको धनार्जन होला । नजिकका व्यक्तिबाट गरेका कार्यमा प्रगति होला । प्रेममा सफल भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा माङ्गलिक कार्य होला । मिष्ठान्न भोजनको योग छ । धार्मिक विषयवस्तुमा रुचि बढेर जाला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कार्य योजना बढेर जाला । धनार्जनका मार्गहरू प्रशस्त रहलान् । दिनको उत्तराद्र्ध सुखद् देखिन्छ ।