श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २३ गते मङ्गलबार, ८ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको षष्ठी तिथि २०ः१७ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र भरणी ०६ः३२ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
मानसिक चिन्ता बढेर जाला । एक्लो महसुस हुन सक्छ । साङ्गीतिक क्षेत्रको रुचि बढाएर लैजानु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सवारी साधन तथा मौलिक सम्पतिको प्रयोगमा ध्यान दिनुहोला । व्यपार व्यवसायमा राम्रै आम्दानी होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
अदालतको काममा राम्रै प्रगति हुनेछ । शत्रु पराप्त गर्ने समय आएको छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
शिक्षा क्षेत्रको आर्थिक लगानीले झन्झटमा फस्ने देखिन्छ । परिवारमा मेलमिलाम बढेर जाला । दिन सामान्य छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरमा हुने पारिवारिक कलहलाई निराकरण गर्ने समय आएको छ । दाजुभाइ दिदीबहीनीको सम्बन्ध सफल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आधुनिक विषयमा रुचि बढ्नेछ । खोज अनुसन्धानका क्षेत्रमा प्रगति हुनेछ । समय सामान्यखालको छ ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीका काममा राम्रै प्रतिफल होला । नयाँ जिम्मेवारी पाइएला । परिवारमा माङ्गलिक कार्य हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा उत्साह उमङ्गका साथै बोली बिक्ने समय आएको छ । मिष्ठान्न भोजन हुनेछ । दिन राम्रै देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ चिन्तकहरु बढेर जालान् । अतिथि सत्कार गर्ने समय छ । सन्तान पक्ष्ँको प्रगति सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
अधुरा कार्यहरु सुल्झिने छन् । पुराना समस्याहरु सुल्झिदै जालान् । दिनको उत्तरार्धमा स्वास्थ्यमा समस्या होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्यत्य जीवनमा केही खटपट देखा पर्नेछ । नयाँ विषयमा रुचि बढ्ला । विनाकारण दुःखी हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बुद्धि र विवेकको प्रयोग गरी आजको दिनलाई अझ सकरात्मक बनाउनु होला । स्त्री जातीको सहयोग मिल्नेछ ।