श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २८ गते आइतबार, १३ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको एकादशी तिथि २२ः५७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु १३ः२६ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः०९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
लगनशीलताले कामकाजहरू अगाडि बढुनेछन् । वैदेशिक तथा राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सांस्कृतिक कर्याक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । सामाजिक क्षेत्रबाट मान, सम्मान मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । अरूको काममा धन खर्च होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कारगर्ने अवसर मिल्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । जिद्दीपनले गर्दा बन्न लागेको काममा बाधा आइपर्न सक्ने देखिन्छ । यात्रा कष्टकर हुनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आ“टे ताकेको काम समयमै पूरा हुनेछ । नजिकको व्यक्तिबाट विशेष सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम्खालको छ । नगरेका कामको अपजस आइपर्न सक्छ । सवारी साधन तथा हतियारको प्रयोगमा सावधान हुनुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले कामकाजकहरू सफल हुनेछन् । महिलामित्रको विशेष सहयोग मिल्ला । यात्रा फलदायी देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । साथीभाइहरूको सहयोग प्राप्त होला । शुभसमाचार सुन्न पाइएला ।