श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल भदौ २९ गते सोमबार, १४ सेप्टेम्बर २०२० । आश्विन कृष्णपक्षको द्वादशी तिथि २२ः२ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र तिष्य १३ः२४ बजेसम्म, उप्रान्त आश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः०८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि आगमन होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सानो कार्य–व्यवसायबाट ठूलै उपलब्धि हासिल होला । लाभदायी यात्रा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । मातृपक्षको सहयोग प्राप्त भइरहला । शुभससमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम छ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्योदय हुने योग छ । आय आर्जन बढ्नुका साथै फाइदाजनक काममा सक्रिय भइएला । शुभसमाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक कार्यक्रममा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास होला । रमणीय यात्राको योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा उत्पन्न हुन सक्छ । विश्वासपात्रबाट धोका हुसक्ने योग देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बोलीको प्रभाव बढ्ने देखिन्छ । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । रमाइलोमा दिन बित्ला ।