श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ५ गते सोमबार, २१ सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको चतुर्दशी तिथि ७ः३३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा २६ः५९ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमाराशि तुला, सूर्योदय ५ः५२ र सूर्यास्त ६ः०० बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । प्रेमसम्बन्ध विस्तार हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिलामित्रको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । कार्य–व्यवसायमा सोचेभन्दा राम्रो आम्दानी हुनेछ । लाभदायी यात्रा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनेछ । सवारी साधन वा हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा, सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ । मन प्रसन्न रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ । राजनैतिक क्षेत्रमा विशेष स्थान रहला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिवारमा माङ्गलिक कार्य होला । मिष्ठान्न भोजनको योग छ । माया–प्रेमको सम्बन्धमा सुधार हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्ययोजना बढेर जाला । धनार्जनको मार्ग प्रशस्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यात्रा फलदायी देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेटघाट हुनेछ ।