ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा थप दुई जनजा काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा माेरङका १ जना र सप्तरीका एक जना रहकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकाेटाले जनाएका छन्  ।

उनका अनुसार मोरङ कानेपाेखरीका १ का ५५ वर्षाीय पुरूषकाे बिहिबार राति ८३० बजे उपचारकाे क्रममा प्रतिष्ठानकाे काेभिड १९ अस्पतामा मृत्यु भएकाे हाे । मृतक पुरूषमा गत भदाै ५ गते प्रितष्ठान भर्ना भएका थिए । आन्द्राको क्यान्सर भएर सल्यक्रिया भएको र शरीरको अन्य भागमा पनि फैलिएको अवस्थामा आइसियुमा उपचाररत उनमा बिहिबार संक्रमण पुष्टि भएसंगै काेभिड अस्पतालमा सारिएकाे थियाे । 

त्यस्तै, सप्तरीकाे राजविराज ३ ७० बर्षीय पुरुषको हिजो राती ११ बजे मृत्यु भएको सपकाेटाले जनकारी दिएका छन् । भदौ २५ काेराेना संक्रमण पुष्टि भएसंगै राजविराजकाे गजेन्द्र नारायण सिंह अस्पतालले ज्वरो, खोकी, श्वासप्रश्वास र निमोनिया भएपछि प्रतिष्ठान रिफर गरेकाे उनलाई भदौ २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।  

याे संगै प्रतिष्ठानमा काेराेना संक्रमितकाे मृत्यु हुने संख्या ३३ पुगेकाे छ ।