श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १४ गते बुधबार, ३० सेप्टेम्बर २०२० । अधिक आश्विन शुक्लपक्षको चतुर्दशी तिथि २४ः०० बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र पूर्वभाद्रपदा ०३ः२८ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५६ र सूर्यास्त ५ः५१ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिनको व्यवसाय राम्ररी फस्टाउला । साथीभाइ तथा आफन्तजनहरूबाट सहयोग प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
सोचेको कार्यमा बाधा उत्पन्न हुनेछ । सवारी साधनबाट सावधान रहनुहोला । आर्थिक समस्या आइपर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ । सोचेअनुरूप काम नबन्नाले तनाव बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भ्रमण गर्ने योग छ । दाम्पत्य जीवन सुखमय रहनेछ । आफन्तजनसँगको भेटले नयाँ ऊर्जा प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा पूर्ण सफलता मिल्ला । नयाँ कामको शुभारम्भ होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
माङ्गलिक कार्यमा धन खर्च होला । नयाँ कार्यको आरम्भ होला । धार्मिक यात्राको लागि उपयुक्त समय छ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिलामित्रको विशेष सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त गरिएला । नयाँ ऊर्जा प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तम खालको छ । कुनै धार्मिक तथा माङ्गलिक कार्यक्रममा संलग्न भइएला । रमाइलो भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्य खालको छ । अनावश्यक कामको झमेलामा फसिएला । आँखासम्बन्धी समस्या आइपर्न सक्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ ।