श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १५ गते बिहीबार, १ अक्टोबर २०२० । अधिक आश्विन शुक्लपक्षको पूर्णिमा तिथि २४ः०० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र उत्तरभाद्रपदा २४ः०० बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५६ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवा, सत्कार गर्ने अवसर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्य आयोजना होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईंको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहनेछ । शुभसमाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । सुन–चाँदी तथा जग्गा–जमिनको कारोबारमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय होला । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । शुभसमाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला ।