उर्लाबारी । उर्लाबारी–२ की ८४ बर्षीय एक बृद्धा महिलाको कोरोना संक्रमण संक्रमणका कारण बिहीबार मृत्यु भएको छ ।

केही दिन अघि अस्वस्थ्य भए पछि उपचारको लागि बिराटनगर स्थित एक निजी अस्पतालमा उपचारको लागि पुर्याएकी बृद्धाको स्वाबको नमुना संकलन गरिएकाेमा मंगलबार स्वाबको रिर्पोट पोेजेटिभ आए पछि उनलाई आफनै घर उर्लाबारी–२ मा होम आइसोलेशनमा राखीएको थियो ।

हाेम आइसोलेशनमै बृद्धाकाे बिहीबार बिहान  मृत्यु भएको नगरपालिकाका स्वस्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जनाएका छन् । खड्काले मृतकका परिवारका अन्य सदस्यहरु पनि होम क्वारेनटाईना राखीएको बताएका छन् ।

उता उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले संक्रमणका कारण एक जेष्ठ नागरिकको मृत्यु भएकोमा दुखः व्यक्त गर्दै समुदायमा संक्रमण फैलिन नदिन आवश्यक स्वस्थ्य सुरक्षाका सबै कार्य गर्न स्वस्थ्य शाखालाई निर्देशन दिएका छन ।

नगर प्रमुख फागोले निधन भएकी जेष्ठ नागरिकमा पनि अस्पतालमा उपचारका क्रममा संक्रमण भए पछि होम आईसोलेशनको पठाएको बताउदैँ समुदायमा संक्रमण नभएको बताएका छन ।

नगरले संचालन गरेको क्वारेनटाईनमा अन्यत्रबाट आएका ११ जना नागरिकमा संक्रमण भई उपचार पश्चात घर फर्कीएका छन भने उपचारको क्रममा अस्पतालमा संक्रमणका कारण मृत्यु भएकी बृद्धा पहिलो नागरिक रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ । उनको शव नेपाली सेनाको सव व्यवस्थापन टोलीले गर्ने स्वस्थ्य शाखाका सह–संयोजक खड्काले बताएका छन ।