ब्लाष्टखबर । धरानमा बिहिबार ९ पुरूष र ५ महिला थप १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित पुष्टि हुनेमा धरान १ का २ पुरूष, धरान ९ का १ महिला र १ पुरूष, धरान १० की १ महिला, धरान १२ का १ पुरूष, धरान १३ का १ महिला र १ पुरूष, धरान १५ की १ महिला, धरान १६ का २ पुरूष र धरान १८ का २ पुरूष र १ महिला रहेका छन् ।
आज संक्रमित पुष्टि भएकाहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब संकलन गराएकाहरू रहेकाे उपमहानगरकाे स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताएका छन् । याे संगै उपमहानगरका काेराेना संक्रमण पुष्टि हुनेकाे संख्या ५ सय ३२ पुगेकाे छ । जसमध्ये ८ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।