श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज १६ गते शुक्रबार, २ अक्टोबर २०२० । अधिक आश्विन शुक्लपक्षको प्रतिपदा तिथि २४ः०० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तराभाद्रपदा १८ः०८ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समय उत्तम खालको छ । आफ्नो इमान्दारिताको उचित कदर हुनेछ । सन्तान पक्षबाट विशेष सहयोग प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शैक्षिक क्षेत्रमा सोचेअनुसारको सफलता प्राप्त होला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
जग्गा–जमीनको व्यवसाय राम्ररी फस्टाउला । साथीभाइ तथा आफन्तजनहरूबाट सहयोग प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु तथा तत्जन्य व्यवसायमा विशेष सफलता मिल्ला । नया“ कामको शुभारम्भ हुनेछ । धार्मिक यात्राका लागि उपयुक्त समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । वैदेशिक यात्राको लागि विशेष समय रहेको छ । घरपरिवारबाट बिछोडिनु पर्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा पूर्ण सफलता मिल्ला । नयाँ कामको शुभारम्भ होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठन तथा लेखन कार्यमा मन जाला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा मन जानेछ । मान्यजनहरूबाट हौसला प्राप्त होला । नयाँ ऊर्जा प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शैक्षिक क्षेत्रमा सोचेअनुसारको सफलता प्राप्त होला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिनमा समय बित्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । अनावश्यक कामको झमेलामा फसिएला । आँखासम्बन्धी समस्या आइपर्न सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक क्षेत्रमा तपाईंको उच्चस्थान रहला । लाभदायी यात्राको योग छ ।