श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २० गते मङ्गलबार, ६ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको चतुर्थी तिथि १२ः४६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र कृतिका १८ः०५ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः५९ र सूर्यास्त ५ः४४ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा पर्यटकीय क्षेत्रको माध्यमबाट प्रशस्त धनलाभ होला । पुराना साथीसित भेटघाट हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । परिवारजनको साथले नया“ कामको शुभारम्भ होला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
शारीरिक जाँगर बढ्नेछ । रोकिएका कामकाजहरू सुचारु होलान् । राजनैतिक निकायमा विशेष स्थान रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले कामका विभिन्न अवसरहरू आउनेछन् । शत्रुपक्ष किनारा लाग्नेछन् । रोकिएका काम बन्लान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू पराजित हुनेछन् । माङ्गलिक कार्य होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा पूर्ण सफलता मिल्ला । रमाइलो यात्रा हुनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोजगारीका अवसरहरू प्राप्त हुनेछन् । नयाँ स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । अरूको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । श्रम अनुसारको प्रतिफल प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवारको सहयोग र सद्भाव प्राप्त भइरहला । रमणीय स्थानको भ्रमण होला । वैदेशिक यात्रा उपयुक्त छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको रमाइलो भ्रमण होला । बिछोडिएका साथीसित भेट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पशु चौपायाको व्यापार राम्ररी फस्टाउला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमीन तथा भवनसम्बन्धी काममा सफलता मिल्ला । आफन्तजनबाट पनि सहयोग प्राप्त हुने नै छ ।