श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २२ गते बिहीबार, ८ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको षष्ठी तिथि १६ः५४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र मृगशिरा २३ः०३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०० र सूर्यास्त ५ः४२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बोलीको गलत अर्थ लाग्नाले आचोलित भइएला । पारिवारिक जीवनमा खटपट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम्खालको छ । आफ्नो कामको प्रशंसा र आलोचना दुवै हुनसक्छ । संयमितता अपनाउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कृषि तथा जग्गा–जमिनको व्यापार–व्यवसायमा प्रशस्त लाभ मिल्ला । घरपरिवार तथा आफन्तको सहयोग प्राप्त भइरहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सीप र कलाकारिताको क्षेत्रबाट लाभ होला । राजनैतिक निकायमा उच्च स्थान रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । अरूको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । श्रम अनुसारको प्रतिफल प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पशु चौपायाको व्यापार राम्ररी फस्टाउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठन तथा लेखन कार्यमा मन जाला । नयाँ कामको शुभारम्भ हुनेछ । विभिन्न स्थानको भ्रमण हुनेछ ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
गुमेको धन प्राप्त हुनेछ । सामाजिक काममा लाग्ने प्रेरणा प्राप्त होला । नसोचेको काममा ठूलै धनराशि खर्च होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यात्रा र सहकार्यको लागि उत्तम समय रहेको छ । तपाईंले गरेका कामको चौतर्फी प्रशंसा होला । फलदायी भ्रमण हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । कार्यक्षेत्र विवादित रहला । आफ्नोभन्दा अरूको काममा बढी सक्रिय भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जग्गा–जमिनको कार्य–व्यवसाय राम्ररी फस्टाउला । माङ्गलिक कार्यको आयोजना हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरपरिवार तथा आफन्तहरूबाट उचित सहयोग प्राप्त भइरहला । रमणीयस्थानको भ्रमण हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।