ब्लाष्टखबर । धरानमा थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा धरान १० का ३९ वर्षीय पुरूष रहेकाे बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. डा.आशिष श्रेष्ठले बताएका छन् । उनका अनुसार असाेज १२ गते काेराेना संक्रमण पुष्टि भएर १३ गते प्रतिष्ठानकाे काेभिड अस्पतालमा भर्ना भएका ती युवाकाे आज बिहान ४: ३० मा मृत्यु भएकाे हाे । मृतकमा कलेजाे र मृगैलामा समस्य रहनुका साथै विगतमा क्षयरोग प्रतिष्ठानले जनाएको छ ।
आजै धरान उपमहानगरपालिकाका ४८ जना संक्रमित थपिएका छन् । यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ८६ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार थपिएका संक्रमितहरू सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गराउनेहरू रहेकाे बताएका छन् ।