श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २३ गते शुक्रबार, ९ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको सप्तमी तिथि १८ः०७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र आद्र्रा ००ः४१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः०० र सूर्यास्त ५ः४१ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय मध्यम्खालका छ । घरपरिवारबाट अलग्गिएर बस्नुपर्ला । अशुभ समाचार सुन्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमीन तथा भवनसम्बन्धी कार्य– व्यवसायमा सफलता मिल्ला । साथीभाइबाट विशेष सहयोग होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय सामान्यखालको छ । कार्यक्षेत्र विवादित रहला । आफ्नोभन्दा अरूको काममा बढी सक्रिय भइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विदेशिएका साथीभाइहरूसँग भेटघाट होला । मन खुशी रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजको नेतृत्व बहन गर्नुपर्ने अवसर प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गुमेको धन प्राप्त हुनेछ । सामाजिक काममा लाग्ने प्रेरणा प्राप्त होला । नसोचेको काममा ठूलै धनराशि खर्च होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यम्खालको छ । यात्रामा केही समस्या आइपर्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । अरूको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । श्रम अनुसारको प्रतिफल प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक कार्यको आयोजना होला । घरमा अतिथिको आगमन होला । पारिवारिक जमघट होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रमाइलो वातावरणमा समय बित्ला । नयाँ कामको लागि विभिन्न स्थानको भ्रमण गर्नु पर्ने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । पेट तथा आँखासम्बन्धी समस्या आइपर्ला । अनावश्यक काममा धन खर्च होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धातु तथा सवारी साधन खरिद होला । वैवाहिक कार्यक्रममा संलग्न भइएला ।