ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वासथ विज्ञान प्रतिष्ठानमा इटहरी र दुहवीका २ काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार इटहरी-६ का ६८ पुरूष र दुहवीका ५२ वर्षीय पुरूषकाे  क्रमस गयराती १२:३० र  २:०० बजे मृत्यु भएकाे हाे । 

असोज २० गते संक्रमण पुष्टि भएका ६८ बृद्ध बिहिबार अस्पताल भर्ना गरिएको थियो । मृतक बृद्धमा कुनैपनि दिर्घराेग नखुलेकाेश्रेष्ठले बताएका छन् । 

त्यस्तै, दुहवीका संक्रमितमा भने असोज १२ गते संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठान भर्ना गरिएको थियाे । मृतकलाई मृगौलाको गम्भीर रोग रहेकाे  श्रेष्ठले जनाएका छन् ।