श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज २५ गते आइतबार, ११ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको नवमी तिथि १८ः११ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पुष्य २४ः०० बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः०१ र सूर्यास्त ५ः३८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ होला । बिछोडिएका साथीहरूसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कामको शुभारम्भ होला । व्यापारमा सफलता हासिल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
समय राम्रो छ । धातु तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । राजनैतिक निकायमा उच्चस्थान रहला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोगमा नयाँ कामको शुभारम्भ होला ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्य छ । कार्य–व्यवसायमा समस्या आइपर्न सक्छ । अनावश्यक झन्झटमा फसिएला । विश्वासपात्रबाट धोका होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामका विभिन्न अवसरहरू प्राप्त हुनेछन् । रमाइलो यात्राको अवसर आउला । पारिवारिक जीवनमा नयाँ खुशीयाली छाउला । 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धातु तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । रोजगारीका अवसरहरू गुम्न सक्नेछन् । रचनात्मक कार्यक्रममा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमीन तथा भवनसम्बन्धी महत्वपूर्ण कामको शुभारम्भ होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक विषयमा सफल भइनेछ । मुद्दा मामिलामा तपाईको विजय होला । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । घरपरिवारमा धार्मिक तथा माङ्गलिक कार्यक्रमकोे आयोजना होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ । छोटो यात्रामा सरिक भइएला ।