धरान । नेपालमा आइतबार २ हजार ७१ जना कोरोना संक्रमित थपिँदा पन्ध्र सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७१ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना छन् । नेपालमा ३१ ह्जार ३१५ जना सक्रिय संक्रमितको संख्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १३ हजार ६४९ जना संस्थागत आइसोलेसन र १७ हजार ६६६ जना होम आइसोलेसनमा उपचाररत छन् ।

आइतबार देशभरि १ हजार ५ सय ५२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा उपचारपछि निको हुने दर र संक्रमित थपिने दर केही थपघट मात्रै रहेको छ ।

कोरोनाबाट एकैदिन २२ को मृत्यु

नेपालमा कोरोनाबाट एकैदिन २२ जनाको ज्यान गएको छ । यो हालसम्मकै सर्वाधिक अङ्क हो । जसमा ५ महिला र १७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार योसँगै कुल मृतकको संख्या ६३६ पुगेको छ ।