धरान । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकासँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको ज्यान गएको छ । प्रदेश १ मा मात्रै ५ जनाको ज्यान गएको छ । योसँगै कुल मृतकको संख्या ६७५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ३६ हजार ३७६ पुगेको छ । यसमध्ये संस्थागत आइसोलेसनमा १४ हजार ८१९ रहेको छ भने होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा निको हुनेको संख्या २ हजार १७४ रहेको छ । योसँगै कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।